Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

प्रहरीको बर्दी लगाई सुन लुटपाट गर्ने पक्राउ

प्रहरीको बर्दी लगाई सुन लुटपाट गर्ने पक्राउ

  • काठमाडौं । काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट १० तोला सुन लुट्ने ६ जनालाई प्रहरीले  पक्राउ गरेको छ । भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले न्युरोडमा सञ्चालन गरिरहेका सुनका गहना बनाउने कारखानामा प्रहरी हवल्दारको बर्दी लगाएर उनीहरुले लुटपाट गरेका थिए । 

    images
    images
    images

    धादिङ घर भई हाल गैरीगाउँ बस्ने २८ मनिला तामाङ, सुमन राईसहित मिलेर पेस्तोल देखाई डर धम्की दिएर सुनका गहना बनाउने कारखाना लुटेका थिए । जिल्ला प्रहरी परिसर र प्रहरी वृत जनसेवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेस मैनालीले जानकारी दिए । 

    मनिला तामाङको कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१ प ६२१७ नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी र ज्याकेट सहितको प्रहरी पोशाक एक जोर बरामद गरेको छ । साथै नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, डाईजेपाम १ सय९७ एम्पुल र नुफिन १ सय ९७ एम्पुल पनि बरामद गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij