Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हेटौँडाले उठायो एकै महिनामा तीन करोड ५० लाख राजस्व

हेटौँडाले उठायो एकै महिनामा तीन करोड ५० लाख राजस्व

  • काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन करोड ५० लाख राजस्व सङ्कलन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोग बापत रु एक करोड ३३ लाख ८८ हजार, सम्पत्ति कर रु ४५ लाख ९९ हजार, घरबहाल कर रु ६५ लाख २० हजार, बहाल बिटोरी कर रु १६ लाख ४५ हजार, व्यवसाय कर रु ४१ लाख १७ हजार र प्रशासनिक दण्ड जरिवाना र जफत बापत रु दुई लाख ३१ हजार सङ्कलन भएको हो । यो गत आवको सोही अवधिको तुलनामा रु एक करोडले कम हो ।

    AGNI GROUP

    आव २०८१र८२ मा सम्पत्ति कर रु एक करोड ४४ लाख, ८५ हजार, पूर्वाधार सेवाको उपयोग बापत रु एक करोड १८ लाख ७५ हजार, घरबहाल कर रु ५० लाख ६५ हजार, सिफारिस दस्तुर रु ३३ लाख ४० हजार, बहाल बिटोरी कर रु १८ लाख ७८ हजार, व्यवसाय कर रु ४१ लाख २१ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबापत रु पाँच लाख ९६ हजार राजस्व सङ्कलन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij