
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत खड्का र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।
बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।
यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij