Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

रामकृष्ण चित्रकारको विजयी पछिको कदम

रामकृष्ण चित्रकारको विजयी पछिको कदम

  • ललितपुर । ललितपुरको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट रामकृष्ण चित्रकार विजयी भएका छन् । सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रकारले १ सय ६३ मतले नेकपा एमालेका ज्ञानेन्द्र शाक्यलाई पछि पारेका छन् ।

    images
    images
    images

    चित्रकारले ६९ सय ९५ मत पाएका छन् भने नेकपा एमालेका ज्ञानेन्द्र शाक्यले ६८ सय ५० मत प्राप्त गरे र हाम्रो नेपाली पार्टीका मंगल कृष्ण श्रेष्ठले ५९ सय ५४ मत पाएका छन् । 

    images

    चित्रकारले जितसँगै सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धन गर्ने र त्यसको मर्मत र सम्भारको लागि कोष खडा गर्ने योजना रहेको बताएका छन् । विशेषगरी ललितपुर २ (ख) लाई हस्तकलाको राजधानी बनाउने योजना रहेको चित्रकारले जानकारी दिए ।

    images

    त्यसको लगतै पर्यटन केन्द्रको स्थापना गर्ने, सर्वसाधारणको आयस्रोतको लागि सीपमूलक रोजगारीको सृजना गर्ने कार्यमा पहल गर्नुका साथै भोतिक सुधार, खानेपानीको सुविधा, फोहोर व्यवस्थापन र ढल निकासको व्यवस्थामा लागि आवश्यक कार्ययोजना तयार गर्ने योजना रहेको चित्रकारले जनाएका छन् ।

    उनका अनुसार ललितपुर महानगरपालिकालाई सबलीकरण गरी विकास र प्रवद्र्धनमा विशेष जोड दिने योजना रहेको  छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij