
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौँ । ट्राफिक प्रहरीले निर्वाचनका दिन अनुमतिविनै सवारीसाधन चलाउने २ हजार ८ सय ९२ सवारीसाधन नियन्त्रणमा लिएको छ । १ सय ६२ चारपांग्रे र २ हजार ७ सय ३० दुईपांग्रे सवारी साधनलाई कारबाहीस्वरूप दिनभर नियन्त्रणमा राखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार निर्वाचनका दिन उपत्यकामा बिहानदेखि साँझ सात बजेसम्म अत्यावश्यक सेवाबाहेकका सवारीसाधन चलाउन रोक लगाइएको थियो । सो निर्णय उल्लंघन गरेकाहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सवारीसाधन साँझ छाडेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । प्रहरीले उपत्यका भित्रिने सबै नाकामा चेकजाँच गरेको थियो भने मुख्य–मुख्य चोकहरूमा पनि सवारीसाधन नियन्त्रणमा सुरक्षाकर्मी खटिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij