
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौँ । पनौतीमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । गत साउनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो ।
प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छविलाल हुमागाईले बताएका छन् । मङ्सिरमै प्राविधिक प्रक्रियाको काम सकिएछ भने पुसदेखि उडान थालिने हुमागाईका अनुसार रहेको छ ।प्याराग्लाइडिङ व्यवसाय अन्योलमा परिरहेका बेला मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij