
May 15 2025 | २०८२, जेठ १ गते
ललितपुर । प्रहरीले दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावारी नगरपालिका-३ नहर बस्ने १९ बर्षीय पर्वत बिश्वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मा रहेका छन्।
शुक्रबार दिउँसो ती दुई बालिकालाई आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij