
May 15 2025 | २०८२, जेठ १ गते
ललितपुर । ललितपुरको फुल्चोकीमा हराएका ४ जना विद्यार्थीको उद्धार गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार फुल्चोकीमा हराएका चार जना विद्यार्थीको ११ घण्टापछि उद्धार गरिएको छ ।
काठमाडौंको मुलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयका ९ जना शिक्षकसहित कक्षा ११ र १२ का १ सय २५ जना विद्यार्थी फुलचोकी घुम्न गएका थिए । जसमध्ये ४ जना विद्यार्थी हराएका थिए । छोटो बाटो हिँड्न खोज्दा उनीहरु हराएको प्रहरीले जनाएका छन् ।
हराएका विद्यार्थी फेला नपरेपछि उनीहरुले साँझ करिब ७ बजेतिर उनीहरूले प्रहरी प्रभाग बाडेगाउँमा खबर गरेका थिए । सो खबर पाएपछि प्रहरी निरीक्षकसहित खटिएको २० जनाको टोलीले मध्यराति १ बजे उनीहरूलाई फेला पारेको परिसरले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij