
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको एक अर्ब ८५ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्न निर्देशन दिएको थियो ।
एकीकृत निर्देशनको ब्याजसम्बन्धी व्यवस्था मिचेर विभिन्न वाणिज्य बैङ्कले ब्याजमा प्रिमियम थप गरेको पाइएपछि त्यस्ता बैङ्कलाई थपिएको प्रिमियमबापतको रकम फिर्ता गर्न केन्द्रीय बैङ्कले निर्देशन दिएको हो । राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार हालसम्म ११ वाणिज्य बैङ्कलाई १ अर्ब ८५ करोड रुपियाँ फिर्ता गर्न निर्देशन दिइसकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij