
May 12 2025 | २०८२, वैशाख २९ गते
उनले ५० हजार रुपैयाँ सहयोग पनि गरेको लाइफ होमका सञ्चालकले जानकारी दिएका छन् ।
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने कीर्तिपुरस्थित बाल आश्रम बेबी लाइफ होममा पुगेका छन् । उनले त्यहाँ रहेका बालबालिकासँग करिब एक घन्टा समय बिताए ।
सन्दीप यसअघि पनि बेलाबखत त्यहाँ पुग्ने गरेका थिए । आज उनले ५० हजार रुपैयाँ सहयोग पनि गरेको लाइफ होमका सञ्चालकले जानकारी दिएका छन् ।
सन्दीपले बालबालिकासँग भलाकुसारी गरेका थिए । उनलाई आफूहरुबीच पाउँदा लाइफ होमका बालबालिका निकै खुशी देखिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij