Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

गोदावरी रंगशालाको परिकल्पनाको श्रेय एमालेलाई जानुपर्छ : चेतनाथ सञ्जेल

गोदावरी रंगशालाको परिकल्पनाको श्रेय एमालेलाई जानुपर्छ : चेतनाथ सञ्जेल

  • ललितपुर । ललितपुर क्षेत्र नं.१ (ख) का उम्मेदवार चेतनाथ सञ्जेलले गोदावरी नगरपालिका वडा नम्बर १० मा निर्माणाधिन अन्तर्राष्ट्रियस्तरको गोदावरी रंगशालाको श्रेय नेकपा एमालेलाई जानुपर्ने बताउनुभएको छ ।

    images
    images
    images

    २०६६ साल अघिसम्म ढुङ्गाखानी रहेको सो क्षेत्रमा स्थानीयले दुख पाइरहेको बेला एमालेका नेता कार्यकर्ता सहित स्थानीय जनताको साथमा आन्दोलन गरेर ढुङ्गाखानी हटाएको सञ्जेलले बताउनुभयो । हामी निर्वाचित भइसकेपछि ढुङ्गाखानी रहेको स्थानलाई रंगशालाका रुपमा अगाडी सारेको उहाँको भनाई छ । हामीले रंगशाला निर्माणको जग बसाल्ने काम गरेपनि जस लिने काम भने कांग्रेसका नेताहरुले गरिरहेको सञ्जेलको आरोप छ । 

    images

    आफूहरु निर्वाचित भइसकेपछि रंगशालाको बाँकी रहेको काम पूरा गर्ने सञ्जेलले प्रतिवद्धता जनाए । डिपीआर अनुसारको १ सय ७२ करोडको लगानीमा रंगशाला निर्माण गर्ने सञ्जेलले जानकारी दिनुभएको छ ।  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij