
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । ललितपुर क्षेत्र नं. २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हसिना शाक्य प्रदेश सभा सदस्यका उम्मेदवार हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका हसिना शाक्यलाई समाजसेवीको रुपमा पनि चिनिन्छ । शाक्यले समाजसेवाबाट राजनितिमा प्रवेश गर्नुभएको थियो ।
विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार प्रसारका लागि समय पाएका छन् । प्रचारमै व्यस्त रहेका शाक्यले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजय पक्कापक्की भएको बताइरहँदा हामीले शाक्यलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका शाक्यसँग अनलाइन पत्रिकाकर्मी सरिना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः
हाम्रो सांस्कृतिक सम्पदा, हस्तकला जस्ता अन्य कलाकृतिहरुलाई संरक्षण र प्रवद्र्धन गर्न आवश्यक योजना तयार गर्नेछौँ । देशको मुर्त वा अमुर्त सम्पतिको जगेर्नामा जोेड दिन्छौँ । जीर्ण भएका साँस्कृतिक सम्पदाहरुको पुननिर्माणका लागि स्थानिय तहसँग समन्वय गरी अघि बढ्ने अठोट गरेका छौँ । त्यस्तै खानेपानी, ढल निकास, सुलभ स्वास्थ्य सुविधाको लागि स्थानिय तहसँग समन्वय गर्नेछौँ । महिला र पुरुष बराबर भनिएतापनि सो कार्यान्वयनमा देखिएको छैन त्यसैले एक महिला भएको नाताले पनि महिला सशक्तिकरणका साथै महिलाको हकहितका लागि आवश्यक नीति तर्जुमा गर्नेछौँ ।
विशेषगरी महिलाहरुले जानेका सीपलाई प्रोत्साहन गर्न घरेलु तथा साना उद्योगलाई विशेष जोड दिन पहल गर्नेछौँ । भुकम्पको कारण अव्यवस्थित भएको धपगाल बजारलाई स्थानिय निकायसँग समन्वय गरी पुन निर्माणका लागि पहल गर्नेछौँ । देशमा व्याप्त भ्रष्टाचार निर्मुल वा नियन्त्रणका लागि कडाइका साथ नीति नियमको निर्माणमा अघि बढ्छौ । रोजगारीका लागि विदेश पलायन भएका युवाहरुलाई उनीहरुको ज्ञान, सीप र क्षमताअनुसार देशमै रोजगारीको अवसरहरु सिर्जना गर्न कार्ययोजना तयार गर्नेछौँ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij