
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । ललितपुर ३ (१) मा नेकपा एमालेबाट रघुनाथ महर्जन बागमती प्रदेश सभाका उम्मेदवार हुन् । महर्जन ललितपुरका सफल पुस्तक व्यवसायी समेत रहेका यसपटक विगतको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका हालका गठबन्धनका उम्मेदवार राजकाजी महर्जनसंग प्रतिष्पर्धा गर्दैछन।
महर्जनले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्कापक्की भएको बताइरहँदा हामीले महर्जनलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका महर्जनसँग अनलाइन पत्रिकाकर्मी इना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः
"समाजमा विभिन्न किसिमका समस्याहरु रहेका छन् । ती मध्ये विशेषगरी शिक्षामा केन्द्रित भइ त्यसको व्यवस्थापनमा ध्यान दिन चाहन्छु । साथै, अन्य खानेपानीको सुविधा, सडक निमार्ण, मल तथा सिचाई व्यवस्थापन, स्वास्थ्य तथा औषधिको उपलब्धता, वृद्धहरुको सामाजिक सुरक्षा र महिलाहरुलाई रोजगारीमूलक सीपका साथै स्वावलम्बी बनाउन पहल गर्नेछु । त्यसैले हाम्रो पार्टीको मूल सिद्धान्त भनेकै कमाई, पढाइर्, दवाई र सामाजिक सुरक्षा रहेको छ ।"
विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसारका लागि समय पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij