Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

रामकृष्णको रफ्तार : ललितपुरलाई हस्तकलाको राजधानी बनाउनेछु

रामकृष्णको रफ्तार : ललितपुरलाई हस्तकलाको राजधानी बनाउनेछु

  • ललितपुर । नेपाली कांग्रेसबाट ललितपुर क्षेत्र नं २ (ख) प्रदेश सभा सदस्य उम्मेदवार रामकृष्ण चित्रकारले सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धन गर्ने योजना रहेको बताएका छन् । साथै सो सम्पदाको मर्मत र सम्भारको लागि कोष खडा गर्ने योजना रहेको उनले जानकारी दिए । 

    images
    images
    images

    विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार प्रसारका लागि समय पाएका छन् । प्रचारमै व्यस्त रहेका चित्रकारले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजय पक्कापक्की भएको बताइरहँदा हामीले चित्रकारलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका शाक्यसँग अनलाइन पत्रिकाकर्मी सरिना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः

    images

    रामकृष्ण चित्रकारले ललितपुर २ (ख) लाई हस्तकलाको राजधानी बनाउने योजना रहेको बताएका छन् । साथै उनले पर्यटन केन्द्रको स्थापना गर्ने पनि बताए । सर्वसाधारणको आयस्रोतको लागि सीपमूलक रोजगारीको सृजना गर्ने कार्यमा जोड दिने बताए ।

    images

    यसको लगतै भौतिक सुधार, खानेपानीको सुविधा, फोहोर व्यवस्थापन र ढल निकासको व्यवस्थामा विशेष ध्यान दिई कार्य गर्ने उनले बताएका छन् ।  साथै ललितपुर महानगरपालिकालाई सबलीकरण गरी विकास र प्रवद्र्धनमा विशेष जोड दिने उनले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij