
Jun 21 2025 | २०८२, असार ७ गते
ललितपुर । ललितपुर महानगरपालिका वडा ५ ले वडा दर्पण स्मारिका सार्वजनिक गरेको छ । सो समारोहमा उर्तिण विद्यार्थीलाई सम्मान र फोहोर न्य्रनिकरणका लागि डस्टबिनसमेत वितरण गरियो ।
वडा ५ का अध्यक्ष विकासमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व सभासद सुसिला नेपाल र विशेष अतिथिका रुपमा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जुली आस्था शाक्य साक्षी रहे ।
साथै, कार्यक्रममा नेकपा ऐमाले ललितपुरका सह–इन्चार्ज हरिकृष्ण व्यञ्जनकारको पनि उपस्थिति थियो । कार्यक्रममा उपमेयर शाक्यले महानगरले शिक्षा, स्वास्थ्य, सीप, आर्थिक उन्नति र महिला उद्यमीलाई सदैव साथ दिइने बताइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij