
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौँ ।आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आज छापावाल सुनको मूल्य १०० रुपैँयाले घटेर प्रतितोला ९३ हजार १०० मा कारोवार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैँया रहेको थियो ।
तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको थियो ।
यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १ सय पचहत्तर रुपैँयामा कारोवार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij