
May 05 2025 | २०८२, वैशाख २२ गते
ललितपुर । ललितपुर जिल्ला जलश्रोत समितिमा दर्ता भएको ललितपुरको ठैब हरिसिद्धि खानेपानी तथा सरसफाई उपभोक्ता समिति भित्र भइरहेको मनोमानी र आर्थिक अनियमितता अहिले राजनीनिक संरक्षणमा लुकाउने काम भइरहेको छ । खानेपानी उपभोक्ता समितिमा आर्थिक अनियमितता भएको भन्दै दश बुँदे विवरण नै सार्वजनिक गरेको थियो ।
यतिबेला देशभर तीन लाख २८ हजारभन्दा बढी उपभोक्ता समिति क्रियाशिल छन् । आर्थिक अनियमितता र संस्थाको वैधानिकता नै नभएको यो समितिले मनलाग्दी गर्दा नियमन गर्ने निकाय समेत रमिते बन्दै आएको छ । ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समिति । १ हजार ८ सय उपभोक्तालाई पानी वितरण गदै आईरहको यो उपभोक्ता समितिले वार्षिक करोडौं रुपैया बराबरको आर्थिक कारोवार गर्दै आएको पाइएको छ ।
बिवादित उपभोक्ता समिति मध्येको एक हो ठैब खानेपानी तथा सरसफाई उपभोक्ता समिति । आर्थिक अनियमितता र संस्थाको वैधानिकता नै नभएको यो समितिले मनलाग्दी गर्दा नियमन गर्ने निकाय समेत रमिते बन्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij