
May 12 2025 | २०८२, वैशाख २९ गते
ललितपुर । मदिरा व्यवसायी संघ ललितपुरले आयोजना गरेको 'बियर जात्रा' कार्यक्रम सम्पन्न भएको छ । बडादशैँ, दीपावली, नेपाल संवत् ११४३ तथा छठपर्वको शुभकामना आदानप्रदानसहित आयोजना गरिएको थियो ।
सो कार्यक्रममा नेपालका प्रतिष्ठित ब्रुअरी कम्पनीहरुबाट उत्पादित ३० थरीभन्दा बढी ब्राण्डका बियरहरु राखिएका थिए ।
शङ्खमूलस्थित यल दरवार भेन्यूमा आयोजना गरिएको 'बियर जात्रा' कार्यक्रममा बियर कम्पनीहरुले विभिन्न प्रकारका छुटको व्यवस्था मिलाएकाले उल्लेख्य सङ्ख्यामा उपभोक्ताको सहभागिता भएको संघका सल्लाहकार मुकुन्द महर्जनले बताएका छन् । नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले उद्घाटन गर्नुभएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij