
May 12 2025 | २०८२, वैशाख २९ गते
ललितपुर । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण सम्झौता भएको छ । दुई संस्थाका अध्यक्षबीच मर्जर सम्झौतासँगै केहीदिन संयुक्त कारोबार हुने भएको हो ।
श्री लालीगुँरास सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहकारी ऐन –२०७४, नियमावली –२०७५ र सहकारी संस्थाको एकिकरण तथा विभाजन निर्देशिका –२०७७ को अधिनमा रही एकिकरण सम्झौता भएको हो ।
सम्झौता पत्रमा दुई सहकारी एकीकरण गर्न संयोजन कार्यदल गठन भएको उल्लेख छ । कार्यदलमा श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी लिका तर्फबाट अध्यक्ष अमरदास श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चाटर्ड एकाउन्टेन्ट (सिए) गोविन्द शर्मा गैरे रहेका छन् । त्यस्तै स्टार बचत तथा ऋण सहकारी संस्था लिका तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चाटर्ड एकाउन्टेन्ट (सिए) प्रयास श्रेष्ठ रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij