
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौँ । अब कोका-कोला नेपालले जीरो सुगरमा आरजीबी (रिटर्नेबल ग्लास बोतल) बजारमा ल्याएको छ । ओरिजिनल कोका-कोला स्वादको रिफ्रेसमेन्ट चाहने उपभोक्तालाई लक्षित गरेर यो नयाँ प्याक बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
फेरि प्रयोग गर्न मिल्ने भएकोले यी आरजिबि बोतलहरु वातावरण-मैत्री हुनुका साथै ग्लास प्याकेजिङले कोका-कोलालाई लामो समयसम्म रिफ्रेश बनाउन सक्छ। कोका-कोला जीरो सुगर आरजीबी बोतल काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरुमा ४० रुपैयाँमा २५० मि.लि.को ‘रिटर्नेबल’ बोतलमा उपलब्ध छ । कोका-कोला जीरो सुगरको नयाँ आरजीबी प्याक २५० मिलिमा उपलब्ध छ । साथै यसको पेट प्याक २५० र ५०० मिलिमा उपलब्ध छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij