
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । दार्चुलास्थित सशस्त्र प्रहरी बल गुल्मका प्रमुख त्रिभुवन विष्ट हेडक्वाटर तानिएका छन् । एसपी विष्टलाई राशन घोटालाको आरोपपछि सशस्त्र प्रहरी मुख्यालय झिकाइएको स्रोतले जानकारी दिएको छ । विष्टले मातहतका दर्जालाई विदामा पठाएर राशनबापतको पैसा आफूले लिएको आरोप लागेको छ ।
त्यसबारे सूचना चुहावको आरोपमा हवल्दार नरेश सिंह साहु मुद्दा पुर्पक्षका लागि कारागारमा छन् । एसपी विष्टकै सिफारिसमा सिंहलाई मुद्धा चलाइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij