
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । जनकपुरधामको जानकी चोकमा व्यापारी र नगर प्रहरीबीच झडप भएको छ । सडक छेउमा फुटपाथ व्यापारीहरुले श्रीकृष्ण जन्माष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न ठेला लगाएका थिए । उक्त ठेला हटाउन खोज्दा व्यापारी र प्रहरीबीच झडप भएको हो ।
नगर प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेपछि ६ वर्षीय बालकसहित केही व्यापारी घाइते भएका छन् भने ९ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको छ।
साना व्यापारीहरुले आफूहरुको व्यवस्थापन नगरेको भन्दै पटक–पटक प्रदर्शन गर्दै आएका छन् । अहिले जनकपुरधाम उपमहानगरपालिकाले फुटपाथ खाली गराएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij