Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

सहमतिपछि पनि बन्चरेडाँडामा फोहोर फाल्न अवरोध

सहमतिपछि पनि बन्चरेडाँडामा फोहोर फाल्न अवरोध

  • काठमाडौं । सहमति भएको २४ घण्टा पनि नबित्दै स्थानीयले आज बिहानैदेखि फोहोर फाल्न रोक लगाएका छन् । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थितिमा बन्चरेडाँडामा फोहोर फाल्ने सहमती भएको थियो । 

    images
    images
    images

    आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई  स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका प्रवक्ताले जानकारी दिएका छन। 

    images

    बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ४ बुँदे सहमति भएको थियो ।

    फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले एक जना स्थानीयलाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई विनासर्त रिहा गर्न माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    ४ बुँदे सहमतिमा ती व्यक्तिलाई रिहा गर्ने विषय उल्लेख छैन । तर रिहा गर्ने भनेर मौखिक आश्वासन दिएको तर कार्यान्वयन नभएको स्थानीयको भनाइ छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij