
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । निर्वाचन आयोगले आज बुधबारदेखि दल दर्ताका लागि पेस भएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ।
आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि निवेदन दिएका सबै दलको निवेदनमा आयोगले जाँचबुझ गर्न लागेको हो। आयोगले दिएको समयसीमा मंगलबारसम्म ८४ वटा दलले दर्ताका लागि निवेदन दिएका छन्।
आयोगका अनुसार सुरुमा दलहरूले बुझाएका कागजातबारे अध्ययन गरि दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम सुरु हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij