
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ८४ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अन्तिम दिन मंगलबार साँझसम्म ८४ वटा दल दर्ता भएका हुन्। मंगलबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलहरु दर्ता भएका छन्।
पौडेलका अनुसार २०७४ को भन्दा १७ वटा धेरै दल आयोगमा दर्ता भएका छन्। २०७४ सालमा ६७ वटा दल आयोगमा दर्ता भएका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij