
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । निहारिका राजपुतलाई बलात्कार गरेको आरोप लागेका युवकलाई प्रहरीले नियन्त्रणा लिएको छ। धनुषाका शिवराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजपुतले श्रेष्ठले आफूलाई बलात्कार गरेको र बच्चा भएको आरोप लगाउँदै आएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय धनुषा र काठमाडौँ उपत्यका अपराध कार्यालयको संयुक्त टोलीले युवकलाई धनुषाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकबहादुर राईले बताए । केही दिनअघिमात्र राष्ट्रपति भवन अगाडि निहारिकाले आत्मदाहको प्रयास गरेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij