
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । धादिङमा मार्बल बोकेको ट्रेलर र जीप ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा मृत्यु भएको हो ।
चितवनबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले आज बागमती प्रदेश-०१-०२५च ७८७२ नं को जीपलाई ठक्कर दिँदा जीपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए। मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका-१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।
सो दुर्घटनामा परी घाइते भएका चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij