Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

भदौपछि मोबाइल दर्ता गर्न ३० दिनको समय

भदौपछि मोबाइल दर्ता गर्न ३० दिनको समय

  • काठमाडौँ ।  नेपालको मोबाइल बजारलाई नियामन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले भदौपछि भित्रिने मोबाइल दर्ताका लागि एक महिनाको समय दिने भएको छ ।

    images
    images
    images

    भदौंपछि वैदेशिक रोजगारीमा गएकाले तथा विदेशबाट एयरपोर्ट र खुल्ला सिमा हुँदै नेपाल ल्याउने फोन अनिवार्य दर्ता गर्नुपर्ने भएको छ।

    images

    केहि दिन अघि प्राधिकरण र मोबाइल व्यवसायीबीच भएको छलफलमा इम्पोर्टर मोडमा एमडिएमएस लागु गर्ने तयारी भएको  छ । भदौपछि नेपालमा टाइप एप्रुभल पाएका फोनहरु एमडिएमएसको नेटवर्कमा आधारित भएर सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

    नेपाल आउने पर्यटकको हकमा ३० दिनसम्म मोबाइल दर्ता नभए पनि विदेशी पर्यटकको मोबाइल चल्ने छ ।

    भदौ ३० गतेपछि विदेशबाट र सिमाबाट एक दुई पिस मोबाइल ल्याउनेले पनि १३ प्रतिशत भ्याट र ५ प्रतिशत अन्तःशुल्क सहित १८ प्रतिशत कर तिरेर मात्रै मोबाइल दर्ता गर्न पाउने गरी दूरसञ्चार प्राधिकरणले प्रक्रिया अघि बढाएको जनाएको छ । 

    images

    प्राधिकरण विमानस्थल हुँदै आउने मोबाइललाई पनि कडाइ गर्ने नीति लिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij