
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौँ । नेपाल फाइनान्सले आजदेखि ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्ने भएको छ । उक्त लिलामीमा शेयरमा कम्पनीकै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
शेयरको मूल्य न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । त्यसकारण तोकिएको मुल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदकले बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
भदौ ६ गतेसम्म आवेदकले बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले यसअघि असार १७ गतेदेखि २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता शेयर लिलामीमार्फत बिक्री खुलाएको थियो ।
सो समयमा बिक्री नभएको संस्थापक समूहको शेयर कम्पनीले पुन: लिलामीमा ल्याउन लागेको हो । शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij