Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

४ थान मोटरसाइकल सहित १० जना पक्राउ

४ थान मोटरसाइकल सहित १० जना पक्राउ

  • काठमाडौँ । रामेछापमा मोटरसाइकल चोरी गरेको अभियोगमा रामेछाप प्रहरीले १० जनालाई पक्राउ गरी हिरासतमा राखेको छ । चोरीका घटना बढेपछि साताव्यापी विशेष अभियान चलाएर उनीहरूलाई पक्राउ गरीएको हो । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार काठमाडौंका विभिन्न स्थानबाट चोरी गरी ल्याएका ४ वटा मोटरसाइकलसहित चोरीमा संलग्न ७ जनालाई रामेछापको लुभुघाट क्षेत्रबाट र ३ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

    images

    पक्राउ परेका सबैलाई रामेछाप जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखिएको छ । उनीहरुलाई मोटरसाइकल चोरी भएको सम्बन्धित इलाकाका प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको छ । काठमाडौंमा हराएका मोटरसाइकलहरू रामेछापको पश्चिमी क्षेत्र काभ्रेको सीमातर्फ बढी आउने गरेको पहिलेको अनुभवका आधारमा प्रहरीले त्यसतर्फ खोजी अभियान तीव्र पारेको थियो । खोजीकै क्रममा ४ थान मोटरसाइकल फेला परेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij