
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । अवैधरुपमा विदेश लैजान लागेको विभिन्न देशका मुद्राहरू सहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
भारतीय नागरिक राहदानी नम्बर जेड ५५६५७१५ बाहक ४३ वर्षीय अंकुर घनसे पटेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १ सय ३० पाउण्ड स्टर्लिङ, ३ हजार २ सय यूरो, ४ हजार ४ सय ६५ यूएई दिराम र ४ हजार ६ सय ५० केन्याको स्टर्लिङ बरामद गरेको छ।
फ्लाई दुबईको उडानबाट काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्दा झोलामा अवैध रूपमा लुकाई लैजान लागेको मुद्राहरू फेला परेको हो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij