Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

आयोगद्वारा आजदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने

आयोगद्वारा आजदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने

  • काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। दल दर्ताका लागि साउन ३१ सम्मको समय तोकिएको आयोगले जनाएको छ । 

    images
    images
    images

    आयोगको शुक्रबार बसेको बैठकले दल दर्ता आह्वान गर्ने निर्णय गरेको थियो । दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्नेछ ।

    images

    आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दललाई एउटै चुनाव चिह्नसमेत लिन पाउने छन् । तालमेल गरेका दलले एउटै निर्वाचन चिह्नमा निर्वाचन लड्न खोजेमा त्यस्तो सुविधा पाउने आयोगले जनाएको हो ।

    यसरी तालमेलमा जाने हुँदा निर्वाचन आयोगलाई दल दर्ता गर्दा नै जानकारी गराउनुपर्नेछ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरू एकल निर्वाचन चिह्न लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।

    संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आबद्ध हो भन्ने चाहिँ खुलाउनुपर्नेछ । तर यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलकै सांसद मानिने छन् ।

    images

    सरकारले आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तोकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij