
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । नेपाल प्रहरीका डीएसपी मोहनमणि अधिकारी संयुक्त राष्ट्र संघको साइप्रस शान्ति मिसनका लागि खटिने पहिलो प्रहरी अधिकृत बनेका छन् । अधिकारी २०६७ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । अधिकारीलाई मिसनको प्लानिङ अफिसरको जिम्मेवारी दिइएको छ ।
प्रहरीका डीएसपी र एसपी दर्जाका लागि उक्त विज्ञापन आह्वान गरिएको थियो । नेपालबाट दुई जना सर्ट लिस्ट भएका थिए । शसस्त्र प्रहरीका एक जना एसपी पनि सर्ट लिस्टमा परेका थिए । अधिकारी कम्तिमा एक वर्ष उक्त जिम्मेवारीमा रहनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij