
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । हरिपुर्वा नगरपालिका–३ बस्ने १९ वर्षीय सुशिल रायको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिपुर्वा नगरपालिका–३ धनकौल बस्ने १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
प्रहरीका अनुसार राय साउन १३ गते बेलुकाबाट बेपत्ता भएका थिए । सोमबार बिहान सोही ठाउँस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको शौचालयको सेफ्टी ट्यांकीमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको थियो ।
अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij