
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले मधेश प्रदेशको इमर्जिङ सेक्टरका लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को तर्फबाट महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेश प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मान गरेको हो ।
मधेश प्रदेशमा सफल व्यवसायिक नमुना तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो । कम्पनीले नेपालका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा वृहत फाइबर नेटवर्क निर्माण गरी नेपालको ७५ जिल्लाहरुमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ ।
हाल ६ लाख ४५ हजार घरधुरीलाई यस कम्पनीले इन्टरनेटमा जोडेको दाबी गरेको छ । साथै १३ हजार भन्दा बढी स्थानहरूमा फ्री वाइफाइ सेवा उपलब्ध गराइरहेको वर्ल्डलिंकले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij