Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सामाजिक र सांस्कृतिक मूल्यमान्यतासहित आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको छः दाहाल

सामाजिक र सांस्कृतिक मूल्यमान्यतासहित आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको छः दाहाल

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल धार्मिक, सामाजिक र सांस्कृतिकरूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको बताउनुभएको छ ।  ‘तमु ९गुरुङ० समुदायको तमु ल्होछार र ल्होसार, किराँत समुदायको उधौली र नेवार समुदायको यःमरी पुन्हीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज शुभकामना दिँदैै अध्यक्ष दाहालले विविधताभित्रको एकता नेपाली समाजको विशेषता भएको तथा यिनै सामाजिक र सांस्कृतिक मूल्य मान्यतासहितका परम्पराबीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको बताउनुभएको छ ।
    सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि नेपाली समाजमा भएका यिनै विभिन्न समुदायका अधिकार र पहिचानलाई मूर्तिकृत गरेको स्मरण गर्दै उहाँले आआफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइँदै आएका यी चाडपर्व यस वर्ष कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी पूर्वसावधानीका उपाय अवलम्बन गर्दै मनाउन सबैमा आग्रह गर्नुभएको छ ।

    images
    images
    images

    अध्यक्ष दाहालले आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः सङ्घर्ष गर्नुपर्ने बेला भएको जनाउँदै  उपलब्धि गुम्न नदिन एकताबद्ध भई आन्दोलनमा लाग्न आग्रह गर्दै चाडपर्वको अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij