Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

आज ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

आज ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दैछ । चालू आर्थिक वर्षको दोस्रो पटक ट्रेजरी बिल बिक्री गर्न लागेको केन्द्रीय बैंकले सोमबार दिउँसो ३ बजे प्रस्तावित ट्रेजरीको बोलकबोल हुने जनाएको छ । 

    images
    images
    images


    ट्रेजरी बिलको बिक्री भने भोलि मंगलबार (साउन १७ )गते हुनेछ । दुई थरी ट्रेजरीको बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याएको छ ।  यसअघि २८ दिन र ९१ दिनका लागि कुल १५ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गरेको बैंकले अधिकतम १३.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरेको थियो । यसपटक पनि सोही ब्याजदरमा ट्रेजरी बिलको माग हुने देखिएको छ ।


    राष्ट्र बैंकले १४ प्रतिशतले ऋण उठाउन थालेपछि बैंक तथा वित्तीय संस्थाहरुलाई बैंकिङ ब्याजदर वृद्धि गर्ने दबाब परेको छ । हाल निक्षेपमा बैंकहरुले ११.०३ प्रतिशत ब्याजदर अफर गरिरहेका छन् । यद्यपि, भदौ महिनादेखि यो ब्याजदर थप बढ्ने देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij