Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

अन्नपूर्ण केवलकारमा २० प्रतिशत छुट

अन्नपूर्ण केवलकारमा २० प्रतिशत छुट

  • काठमाडौँ। पोखराको अन्नपूर्ण केबुलकारको नियमित मर्मत तथा सम्भार पश्चात साउन ६ गतेदेखि संचालनमा आउने भएको छ । केबुलकार बिहान ९ बजे देखि साँझ ६ बजेसम्म नियमित रुपमा संचालन हुनेछ ।

    images
    images
    images

    सम्पूर्ण नेपालीलाई साउन ६ गते देखि भदौ ३१ गतेसम्म २० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । 

    पोखरा लेकसाइड, सेदीबगरबाट अन्नपूर्ण केबुलकार चढेर सराङकोटस्थित कैलाशेश्वर महादेवको दर्शन गर्न सकिने छ । साथै कास्कीकोट दरबारसम्मको पैदल यात्रा गर्न सकिनेछ । अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी हिमालका साथै सूर्योदयको मनोरम दृष्य सराङकोटबाट देखिन्छ । केबुलकार परिसरमै सुविधा सम्पन्न रेस्टुरेन्ट, कफी सप संचालन भएका छन् ।

    त्यस्तै जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लिङको समेत अनुभव लिन सकिनेछ । साथै केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृष्यहरु पनि हेर्न सकिनेछ । यात्रुहरुको सुविधाको लागि लेकसाइडदेखि केबुलकारको तल्लो स्टेसनमा सटल बसको व्यवस्था छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij