Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

संघीयता जनताको माग थिएन: गोकुल बाँस्कोटा

संघीयता जनताको माग थिएन: गोकुल बाँस्कोटा

  • काठमाडौँ। नेपालमा संघीयतालाई निरन्तरता दिनु नहुने वकालत गर्दै आएका एमाले नेता गोकुल बाँस्कोटाले संघीयता जनताको माग नभएको बताएका छन् । उनले संघीयताको माग जनताले कहिल्यै नगरेको र यो अप्राकृतिक गर्भाधानको ‘ठीम्मन’ भएको बताए।

    images
    images
    images

    बास्कोटाले दुई दिन अघि मात्रै संघीयता आवश्यक नरहेको भन्दै ट्वीट गरेका थिए । यस्तै, आज एक कार्यक्रममा प्रचण्डले एकथरि नेताहरूले संघीयता खारेजीको आवाज उठाइरहेको भन्दै यसले राजतन्त्र फर्काउने तर्क गरेका थिए ।

    images

    प्रचण्डको भाषणलगत्तै त्यसको जवाफ दिँदै, बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, सुप्रिमोले भनेछन् संघीयता ठीक छैन भन्नु राजतन्त्र फर्काउने कुरा हो । २०६२र६३ मा दुई बन्दुके मिलेर सत्ता बाँड्ने तारतम्य मिलाउने काम भैरहेको बेलामा सडकमा आमजनताले गणतन्त्रको नारा घन्काउदै थिए, संघीयताको थिएन । यो अप्राकृतिक गर्भाधानको ठिम्मन हो ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij