काठमाडाैँ । नेकपा (एमाले) बाट प्रतिनिधि सभाको उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दिने भएकी छन्। सांसद भट्टराईलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ग जानकारी दिए।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतमले उम्मेदवारी दिएकी छन्।