
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । एमाले नेता गोकर्ण विष्टले वर्तमान सरकार बनेपछि राष्ट्रिय स्वाधिनता र आत्मसम्मान थप कमजोर बनेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल मार्फत एमाले सचिव समेत रहेका विष्टले गठबन्धन सरकारको एक वर्षे कार्यकाल पूर्ण रूपमा असफल बनेको टिप्पणी गरेका छन् ।
‘गठबन्धन सरकारका एक वर्ष चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, बैंकिङ्ग तरलताको अभाव, कहालीलाग्दो विकासको अवस्था, बढ्दो बेरोजगारी अनि व्याप्त भ्रष्टाचारका बीच राज्य संचालनका न्युनतम विधि, मूल्य र मान्यता माथि खिल्ली उडाउने गरी बिते’, विष्टले लेखेका छन्, ‘राष्ट्रिय स्वाधिनता र आत्मसम्मान कमजोर बन्यो । राष्ट्र र जनताको जीवन थप कष्टकर बन्यो । सरकारले नागरिकलाई सेवा पुर्याउनुको साटो थप आहत पुर्याउने काम गर्यो ।’
त्यस्तै उनले न किसानले समयमा मल पाएको न विद्यार्थीले पढ्ने पुस्तक ? भन्दै प्रश्न गरेका छन् । ‘यो सरकार जनताका आधारभूत समस्या समाधानमा निष्प्रभावी मात्र हैन गैरजिम्मेदार बन्यो । समग्रमा सरकारको एक वर्ष पूर्णतः असफल रह्यो’, पूर्वमन्त्री समेत रहेका विष्टको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij