
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौँ । चालु आवमा गत आवको तुलनामा ३।८ प्रतिशतले विप्रेषण आप्रवाह वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ औं महिनाको अवधिमा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जेठ महिनामा मात्र ९३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२।६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १।५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०।५ प्रतिशतले बढेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij