Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नयाँ पाठ्यक्रमबारे प्रबोधिकरण कार्यक्रम आयोजना

नयाँ पाठ्यक्रमबारे प्रबोधिकरण कार्यक्रम आयोजना

  • काठमाडौँ । नयाँ पाठ्क्रममा भएका सबै बिषयबस्तुु बारे जानकारी दिन तीन वटा गाउँपालिकाका प्रधानाध्यापकहरुलाई प्रबोधिकरण कार्यक्रम आयोजना गरिएको छ । 

    images
    images
    images

    माथिल्लो हुुम्लाका नाँम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका माध्यामिक र आधारभुुत विद्यालयका प्रधानाध्याकहरुलाई कक्षा चार, सात र नौको नयाँ पाठ्यक्रम तयार भई कार्यान्वयनमा आएकोबारे जानकारी दिन प्रबोधिकरण कार्यक्रम आयोजना गरिएको हो । 

    कार्यक्रममा प्रअहरुले हालसम्म विद्यालयमा यी बिषयहरु पठन पाठन भई रहेकोले त्यहाँ देखिएका जटिलता, सवल पक्षका बारेमा पनि अनुुभव आदान प्रदान समेत गरिएको थियो। 

    पठन पाठनमा देखिएका समस्याहरुको समाधानका उपायहरु पनि शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तिलक भट्टराईले नयाँ पाठ्यक्रममा समावेश भएका विषय वस्तुु, परिमार्जन भएका विषयबारे विद्यालयका प्रधानाध्यापकलाई जानकारी दिएर पठन पाठनमा सहजता दिन ढिलै भएपनि कार्यक्रम आयोजना गरिएको बताए।

    विद्यालय सञ्चालन भएको डेढ महिना भएपनि यो कार्यक्रम हाल आएर सञ्चालन भएको छ । कार्यक्रममा तीन वटा गाउँपालिकाका ५७ वटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको छ ।

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij