
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडाैँ । वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । महाकाली नगरपालिका-८ स्थित असिगडामा खसेको पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । अहिले महाकाली नगरपालिकाको स्काभेटर प्रयोग गरि सडक खुलाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij