Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

कार लुटेर फरार भएका तीन भारतीय नागरिक पक्राउ

कार लुटेर फरार भएका तीन भारतीय नागरिक पक्राउ

  • कैलाली । कैलालीको गोदावरी जंगलमा चालकलाई बाँधेर लुटपाट गरी फरार भएका तीनजना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई कैलालीको गोदावरी– १ स्थित जंगलबाट नियन्त्रणमा लिइए प्रहरी नायव उपरीक्षक वेदप्रकश जोशीले जानकारी दिए । 

    images
    images
    images

    उनकाअनुसार पक्राउ पर्नेमा भारतको हरियाण प्रदेश सोनीपथ बस्ने २१ वर्षीय भगत सिंह, १८ वर्षीय हिल बिदलिसे र २० वर्षीय सन्नी जौट रहेका छन् । उनीहरूले लुटेको कारलाई प्रहरीले गोदावरी– १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडक खण्डमा फेला परेको थियो । 

    images

    लिफ्ट मागेर सँगै आएको तीनजनाको समूहले कैलालीको गोदावरीको जंगलबार डडेल्धुराका अतिताल गाँउपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको कार लुटेका थिए । लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिटसमेत गरेका थिए । उनलाई लुटेराले बाँधेर लुटेराहरू फरार भएका थिए ।

    उनीहरूले प्रदेश ०१–२३–च ६०२१ नम्बरको कार लुटेका थिए ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij