
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवार खडा गर्न तयारी गर्नुपर्ने उनले बताएका छन् ।
केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवार खडा गरेर काम थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उनले ३३० प्रदेश सभा सदस्यका लागि पनि अहिलेदेखि नै जिम्मेवारी दिनुपर्ने धारणा राखे ।
उनले मंसिरमा संघ र प्रदेशको निर्वाचन हुने समेत दाबी गरे । उनले अरुको भर नपरी सम्पूर्ण शक्ति परिचालन गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए ।
समानुपातिक मत संख्या बढाउन सके सिट संख्या पनि बढ्ने उल्लेख गर्दै नेपालले स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दावी गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij