
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद्को पहिलो बैठक आज बस्दैछ । कमलादीस्थित प्रज्ञा भवनमा बस्ने बैठकमा देशभरबाट १ हजार ५ सय जना सहभागी हुने समाजवादीले जनाएको छ ।
पार्टीको सांगठनिक गतिविधि, स्थानीय निर्वाचनको समीक्षा, आसन्न प्रदेशसभारप्रतिनिधिसभा निर्वाचनको रणनीति, समसामयिक विषयमा छलफल हुने बताइएको छ।
परिषद् बैठकको उद्घाटन अध्यक्ष माधवकुमार नेपालले गर्नेछन्। बैठकमा समसामयिक राजनीतिक प्रतिवेदनसमेत प्रस्तुत हुनेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij