Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

सहज च्यालेन्ज फण्ड दोस्रो चरणका लागि आवेदन खुला 

सहज च्यालेन्ज फण्ड दोस्रो चरणका लागि आवेदन खुला 

  • काठमाडौँ । सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम (NAMDP)  र आइडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड ( दोस्रो चरण’ का लागि आवेदन खुला गरिएको छ । 

    images
    images
    images

    यही असार ९ गते विराटनगरमा एक कार्यक्रमको आयोजना गरी  उक्त कार्यक्रमका लागि आवेदन खुला गरिएको घोषणा गरिएको हो ।

    images

    दुग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित सस्थाहरूले यसमा आवेदन दिन सक्नेछन् । 

    आवेदकहरूले प्रदेश नम्बर १ मा दुग्धजन्य उद्योग क्षेत्रमा पहिचान भएका दुग्धजन्य उत्पादन विविधिकरणसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गरेर त्यसको समाधान पनि प्रस्तुत गर्नुपर्नेछ । आवेदन साउन ६ गतेसम्म दिन सकिने जनाइएको छ।

    आवेदकहरूको नवीनतम सोच दुग्धजन्य उत्पादन सम्बद्ध नवप्रवर्तनात्मक, समाधानमुखी र व्यावसायिक सम्भाव्यता भएको हुनुपर्नेछ ।

    images

    सहज च्यालेन्ज फण्डको दोस्रो चरणको कुल बजेट २ करोड नेपाली रुपैयाँ हुनेछ ।  यस फण्डअन्तर्गत निजी व्यवसाय तथा उद्यमीहरूले न्यूनतम ५ लाख देखि ५० लाख नेपाली रुपैयासम्म प्राप्त गर्नेछन् ।

    यसरी छनोट गरिएका आवेदकले नगद राशिसँगै व्यवसाय अगाडि बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् ।


    कार्क्रममा सहज च्यालेन्ज फण्डको जिङ्गल, पोस्टर तथा वेबसाइट  (www.sahajcf.com) समेत सार्वजनिक गरियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij