
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्री हेरफेरमा प्रधानमन्त्री देउवा र प्रचण्ड नै बाधक बनेको आरोप लगाएका छन् ।
खतिवडाले एक कार्यक्रममा मन्त्री हेरफेरमा प्रधानमन्त्री देउवा र प्रचण्ड नै बाधक बनेको बताउँदै उनले भने – ‘मन्त्री हेरफेरमा हाम्रातर्फबाट कुनै समस्या छैन । सचिवालयको निर्णय स्थायी समिति र केन्द्रीय कमिटीले अनुमोदन गरेका छन् । यसमा प्रधानमन्त्री र प्रचण्ड नै बाधक हुनुहुन्छ । अब कांग्रेस सभापति र माओवादी अध्यक्षले अलमल्याउनु हुँदैन । सपथग्रहण गराउनुपर्छ ।’
यस्तै, शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब प्रधानमन्त्रीलाई पर्खन नसकिने पनि बताउँदै, उनले भने – ‘आजसमम्म हामीले जति प्रधानमन्त्रीलाई पर्खियौं । पुष्पकमल दाहाल प्रचण्डलाई पर्खियौं, तत्काल हाम्रा काम पूरा गर्नुहोस् नयाँ मन्त्री सपथ ग्रहण गराउनुहोस्, अब ढिलो गर्नुभयो भने तपाईहरुले हामीलाई गरेको अपमान हो भन्ने सम्झिन्छौं ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij