
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । संसदको चालु अधिवेशनमै नागरिकता सम्बन्धी विधेयक ल्याउन नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले सरकारलाई आग्रह गरेका छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले संसदको चालु अधिवेशनमा नै नागरिकता सम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन् ।
सांसद देवले जन्मसिद्धका नागरिकलाई नागरिकता दिने, आमाको नामबाट नागरिकता दिने र गैरआवासीय नेपालीहरुलाई राजनीतिक बाहेकका अधिकार दिने विषयलाई समेटेर संसदबाट सर्वसम्मतिले पारित गर्नुपर्ने बताए ।
उनले नागरिकताको विषय संवेदनशील भएकाले यस विषयमा सहमतिमा अगाडि बढ्नुपर्ने बताउँदै, संविधानमा भएको व्यवस्थालाई आधार मानेर कानून बनाउनुपर्ने बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij